यथार्थमा म नै दोषी

उपन्यास    जुन हराएको देश  ‘ए भाई, साइड लगाउ तिम्रो ठेला ’ विच सडकको एक किनाराबाट एक जना प्रहरी सिटी बजाउँदै मलाई हकार्छ । सिटीको तीखो आवाजले मलाई झस्काउँछ ।

Oct 31, 2023 - 10:15
Jun 24, 2025 - 12:29
 0  0
यथार्थमा म नै दोषी
उपन्यास    जुन हराएको देश  ‘ए भाई, साइड लगाउ तिम्रो ठेला ’ विच सडकको एक किनाराबाट एक जना प्रहरी सिटी बजाउँदै मलाई हकार्छ । सिटीको तीखो आवाजले मलाई झस्काउँछ । तैपनि, मैले कुनै गल्ति गरेको थिएन । बारम्बार मलाई नै लक्षित गर्दै हकारी रहेपछि मलाई अनौठो लाग्छ । ‘किन र दाई ? अरुले आफ्नो ठेला लगाएर व्यापार गरिरहेका छन् । मलाई मात्र किन   भन्नुहुन्छ ?’ मेरो आवाजमा अलिकति आक्रोस पनि मिसिएको थियो । मैले दायाँ वायाँ हेरे । सबै जना ठेलावालहरु हाँसिखुसी व्यापार गरिरहेका देखिन्थे । चाडपर्वको समय भएकोले त्यसै भीडभाड बढिरहेको थियो । उनीहरुलाई पैँसा गन्न भ्याइ नभ्याइ थियो । मैले उनीहरुतिर हेर्दै आफ्ना नजरहरु पुन ः प्रहरीतिर लगाए । उ अझ आक्रोसमा आउँदै मलाई तथानाम गालि गर्दै थियो ।  ‘अझ मुखमुख लाग्छस् ? मैले भनेपछि खुरुक्क साइड लगा । नत्र ... ’  एक किसिमको दम्भ थियो उभित्र । उसले लाठी घुमाउँदै थियो । मलाई खाउँला झैँ हेर्दै दारा किस्दै थियो । तैपनि, मैले शान्त भएर आफूलाई सम्हाल्दै थिएँ ।  ‘हैन , मैले त्यस्तो के विराउँ गरेको छु र ? कानुन सबैलाई एउटै हुँदैन र दाई ? ’ सायद, मेरो जवाफले उसलाई साह्रै विझेछ क्यारे । उ रिसाउँदै मलाई झम्टिन आइपुग्यो । मेरो कठालो समाउँदै भन्न थाल्यो । ‘अझ कानुन सिकाउँछस् मलाई ? ’ विच बजारमा एकजना प्रहरी आक्रामक शैलीमा मेरो अगाडि आएर मलाई लछार पछार गर्न थाल्यो । मैले हेर्दा हेर्दै मेरो ठेलामा राखिएका स्याउ, सुन्तला, केराहरु सडकभरी पोखिए  छताछुल्ल भएर । म त्यो दृश्यले अवाक भएँ । मैले चाहेर पनि केही गर्न सकिन ।  मेरो ठेला जफत गरियो । सडक भरी छरिएका फलफूले मलाई गिज्याइ रहेका थिए । वरिपरि मान्छेहरुको भीड लाग्दै थियो । सबैजनाले मेरो रमिता हेरिरहे । मेरो छेउ नजिकै लगाइएका ठेलाका मालिकहरु मुँसुमुसु हासिरहेका देखिन्थे । उनीहरु निर्धक्क भएर आफ्नो व्यापार गरिरहेका थिए । म माथि मात्रै किन सौतेलो व्यवहार गरिएका होला ? पुर्पुरोमा हात लगाउँदै म आफै सोचमग्न हुनथाले ।   उज्यालो अँध्यारोको गर्भमा हुन्छ भन्थे । हो रहेछ । आखिर उज्यालो क्षणिक रहेछ । तैपनि, मान्छे क्षणिक खुसीको लागि हरथोक गर्छ । दम्भ पालेर बसेको छ आजको मान्छे । त्यही दम्भले भित्रभित्रै उ खोक्रिदै गइरहेको छ । आज विहानैदेखि मेरो मुड अफ छ ।